+

निश्चलले ४३ अंक जोडेपनि टाईम्ससँग कीर्तिपुर एक अंकले पराजित

२०८२ जेठ  १७ गते १९:३२ २०८२ जेठ १७ गते १९:३२
निश्चलले ४३ अंक जोडेपनि टाईम्ससँग कीर्तिपुर एक अंकले पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा बास्केटबल लिगमा टाईम्सले कीर्तिपुरलाई ९१-९० अंकले पराजित गरेको छ।
  • सदिश प्रधानले २७ अंक स्कोर गरे र टाईम्सले सुरुवातदेखि नै अग्रता कायम राखेको थियो।
  • अन्तिम क्वाटरमा कीर्तिपुरले सानदार कमब्याक गरेपनि जितका लागि पर्याप्त हुन सकेन।

१७ जेठ,काठमाडौं । निश्चल महर्जन एक्लैले ४३ अंक जोडेपनि हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)मा कीर्तिपुर टाईम्स क्लबसँग एक अंकको अन्तरले पराजित भएको छ ।

अन्तिम क्वाटरमा कीर्तिपुरले सानदार कमब्याक गरेपनि जितसम्म पुग्न सकेन । कीर्तिपुर कभर्डअलमा शनिबार निकै रोमाञ्चक खेलमा टाईम्सले कीर्तिपुरलाई ९१-९० ले पराजित गरेको हो ।

टाईम्सका लागि मोस्ट भ्यालुएबल प्लेअर बनेका सदिश प्रधानले २७ अंक स्कोर गरे । टाईम्सले पहिलोक्वाटरमा २९-११ को अग्रतासहित सानदार सुरुवात गरेको थियो । दोस्रो क्वाटरमा दुवैले समान २६अंक जोड्दा टाईम्सले हाफटाईमसम्म ५५-३७ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर कीर्तिपुरले २५-२२ ले आफ्नो पक्षमा पार्यो । अन्तिम क्वाटरअघि टाईम्सले ७७-६२ को अग्रता लिएको थियो ।

चाैथो तथा अन्तिम क्वाटरमा कीर्तिपुरले घरेलु दर्शकको समर्थनमा सानदार प्रदर्शन गर्दै २८-१४ ले आफ्नो पक्षमा पारेको थियो । तैपनि कीर्तिपुर जितसम्म पुग्न सकेन ।

एचजेबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय