+

आईपीएलको फाइनल प्रवेशका लागि पञ्जाब र मुम्बई भिड्दै

२०८२ जेठ  १८ गते ७:४९ २०८२ जेठ १८ गते ७:४९
आईपीएलको फाइनल प्रवेशका लागि पञ्जाब र मुम्बई भिड्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल क्रिकेटमा आइतबार दोस्रो क्वालिफायर खेल हुँदैछ।
  • पञ्जाब र मुम्बईबीच फाइनल प्रवेशका लागि खेल हुँदैछ।
  • पञ्जाबलाई हराउँदै बेंगलुरु सीधै फाइनल प्रवेश गरेको छ।

१८ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दोस्रो क्वालिफायर खेल हुँदैछ। जहाँ पञ्जाब किङ्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दै छन् ।

सेमिफाइनलकै सरह मानिने यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

पञ्जाब पहिलो क्वालिफायरमा बेंगलुरुसँग पराजित भएर दोस्रो मौकामा खेल्दै छ भने मुम्बईले इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराएर दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो ।

बेंगलुरु भने फाइनलमा पुगिसकेको छ र अब उपाधिका लागि पञ्जाब र मुम्बईबीचको विजेतासँग मंगलबार सोही मैदानमा हुने फाइनल खेल खेल्नेछ ।

लिग चरणमा पञ्जाब र मुम्बईबीच भएको एकमात्र खेलमा पञ्जाबले मुम्बईमाथि ८ विकेटको सहज जित निकालेको थियो ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय