+
+
Shares

पोखरामा अलपत्र यात्रुलाई आज पनि स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक यातायात बन्द भएपछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउने काम आज पनि जारी छ ।
  • सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट मुग्लिनसम्म स्कर्टिङ मार्फत् अलपत्र परेका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन सहयोग गरेको हो ।
  • २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका छन्।

१८ जेठ, काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पोखरामा अलपत्र परेका यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यसम्म पुर्‍याउन सहयोग जारी राखेको छ ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द आह्वान गरेको छ । जसका कारण धेरै यात्रुहरू पोखरामा अलपत्र परेका छन् ।

अलपत्र परेका यात्रुलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको सशस्त्र प्रहरी सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कटिङ गर्ने छ भने त्यहाँबाट मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउने थापाले बताए ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ गरी यात्रुलाई सुरक्षित रुपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍या इने छ । २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?