+
+
Shares

रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ७:३४

१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ ।

सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको छ ।

बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुने छ ।

पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।

साथै, पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्चले अदालतले पनि उच्चकै थुनामा पठाउने निर्णय सदर गरेपछि सरकारसँग थप असन्तुष्ट बनेको छ । यसलाई रास्वपाले राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठक पनि बस्दैछ । यसअघि बजेट भाषण भइसकेकोले त्यसमाथि छलफल सुरु हुनेछ । यिनै विषयमा पनि बैठकमा प्रवेश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?