+
+
Shares

पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमण गरी स्वदेश फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते राति चीन भ्रमण सकेर काठमाडौं फर्किंदैछिन्।
  • उनीले भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन्।
  • भ्रमणमा एमालेको प्रतिनिधि मण्डलले भाग लिएको थियो र यसलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।

१९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी आज काठमाडौं फर्किंदै छिन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

भण्डारी यही जेठ १० गते राति एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन् । उनी एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी नेतृत्वको भ्रमण दलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापा लगायत थिए ।

चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् । उनले शनिबार गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन् ।

चेङ चीन सरकारको दोस्रो बरियता र चिनियाँ कम्युनिष्ट पार्टीको आठौं बरियताका नेता हुन् । चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।

त्यसअघि बेइजिङ पुग्नासाथ विद्या भण्डारीले सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?