+
+
Shares

विद्यालय शिक्षा विधेयकमाथि छलफल रोकियो, सभापति भन्छन्- सरकार तयार भएन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ११:१५

१९ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।

सरकार पक्ष तयार नभएका कारण सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको समिति सभापाति अम्मरबहादुर थापाले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता गर्न ७ दिनको समय माग गरेपछि ११ जेठमा बैठक स्थगित गरिएको थियो । समितिले दिएको समय सकिएपनि सरकार र महासंघबीच सहमति हुन सकेको छैन । ‘सरकार तयार भएन । पहिला ३ दिन माग्नु भयो । फेरि ७ दिन माग्नु भयो । १० दिन दिइसक्यौं । मन्त्रीज्यू महासंघसँग छलफल सकिएको छैन भन्नु हुन्छ,’ सभापति थापाले भने, ‘विधेयकको छलफल अगाडि नबढ्ने भयो ।’

शिक्षक महासंघसँग १५ असारभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति गरेको छ । सोही अनुसार उपसमितिले प्रतिवेदन पनि समितिलाई बुझाइसकेको छ । तर, समितिमा विधेयकमाथि छलफल अगाडि बढेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?