+
+
Shares

राजावादीले आज शोक मनाउने, धर्ना जुलुस नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ११:२०

१९ जेठ, काठमाडौं । राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ती निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका छन् ।

२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो । सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने संयोजक सुवेदीले बताए ।

आजको दिन साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सो कार्यक्रममा सहभागी हुन आन्दोलनकारीहरुलाई अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?