News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कबड्डी खेलाडी गणेश पार्कीले तेलगु टाइटन्ससँग १२औं प्रो कबड्डी लिग खेल्ने भएका छन्।
- अघिल्लो पटक सिफारिस भएपनि उनी सोल्ड नभए पनि यसपटक अनुबन्धित भए।
- नेपाली टोलीका कप्तान घनश्याम रोकामगरले हरियाणा स्टिलर्सबाट २ वर्ष थप लिग खेल्नेछन्।
१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी खेलाडी गणेश पार्कीले तेलगु टाइटन्सबाट १२औं प्रो कबड्डी लिग खेल्ने भएका छन् ।
अघिल्लोपटक अक्सनमा सिफारिस भएपनि उनी सोल्ड भएका थिएनन् । यसपटक भने तेलगुले उनलाई अनुबन्ध गरेको हो ।
नेपाली टोलीका कप्तान घनश्याम रोकामगरले भने थप २ वर्ष हरियाणा स्टिलर्सबाट नै लिग खेल्नेछन् ।
घनश्यामलाई हरियाणाले एफबीएम कार्ड प्रयोग गर्दै १३ लाखमा टोलीमा पुन: २ वर्षका लागि अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया 4