+

घनश्यामले थप २ वर्ष हरियाणा स्टिलर्सबाटै प्रो कबड्डी लिग खेल्ने

२०८२ जेठ  १८ गते १४:५२ २०८२ जेठ १८ गते १४:५२
घनश्यामले थप २ वर्ष हरियाणा स्टिलर्सबाटै प्रो कबड्डी लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका कप्तान घनश्याम रोकामगरलाई हरियाणा स्टिलर्सले १३ लाख भारुमा २ वर्षका लागि रिटेन गरेको छ।
  • प्रो कबड्डीको १२औं सिजनमा पनि उनले साविक विजेता टिमबाट खेल्नेछन्।
  • नेपालमा कबड्डी खेलको चर्चा बढ्दै गएको छ र राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय पदक जित्दै छ।

१८ जेठ, काठमाडौं । विश्वकै चर्चित कबड्डी लिग प्रो कबड्डीको १२औं सिजनमा पनि नेपालका कप्तान घनश्याम रोकामगरले साविक विजेता हरियाणा स्टिलर्सबाटै खेल्ने भएका छन् ।

क्याटेगोरी ‘सी’का घनश्यामलाई फाइनल बिड म्याच (एफबीएम) कार्ड मार्फत हरियाणाले १३ लाख भारुमा थप २ वर्षका लागि टिममा पुन: रिटेन गरेको हो ।

एफबीएमबाट टिमले रिलिज गरेको खेलाडीलाई फाइनल बिड रकममा पुन: टिममा भित्र्याउन सक्ने प्रावधान रहन्छ ।

एफबीएममा यसअघि १ वर्षका लागि मात्र राख्न पाइने प्रावधान भएकोमा यसपटकदेखि २ वर्षसम्म पनि रिटेन गर्ने नियम बनाइएको हो ।

११औं संस्करणमा घनश्याम सम्मिलित हरियाणाको टिम नै च्याम्पियन बनेको थियो । नेपालबाट अक्सनमा घनश्यामसहित गणेश कार्की, सुशिल चुनारा र रामु टमाटाको नाम सिफारिस थियो ।

पछिल्लो समय नेपालमा कबड्डी खेलको चर्चा बढ्न थालेको छ । केही समयअघि नेपालमै नेपाल कबड्डी लिग (एनकेएल) आयोजना भएको थियो । यस्तै नेपालको पुरुष र महिला टोलीले पनि अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न थालेका छन् ।

महिला टिमले १९औं एसियन गेम्स र एसियन कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितिसकेको छ । यस्तै पुरुष टिमले बंगलादेशमा भएको बंगबन्धु कबड्डी प्रतियोगितामा रजत पदक जितेको थियो ।

घनश्याम रोकामगर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय