
News Summary
Generated by OK AI. Editorially reviewed.- डिगबहादुर लिम्बुले संविधानसभा सदस्य उषा गुरुङसँग विवाह गरेका छन्, जुन डेढ महिनाअघि भएको थियो।
- उनीहरुको विवाह सार्वजनिक नभएको थियो र गुरुङले आफ्नो प्रोफाइलमा फोटो सेयर गरेपछि बाहिर आएको हो।
- उनीहरुको विवाह दोस्रो हो र लिम्बुको पहिलो श्रीमतीको निधन भएको थियो।
१८ जेठ, विराटनगर । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बुले संविधानसभा सदस्य उषा गुरुङसँग विवाह गरेका छन् । उनीहरुले डेढ महिनाअघि विवाह गरेका हुन् । दुवै जनाको विवाह दोस्रो हो ।
उनीहरुको विवाहबारे सार्वजनिक भएको थिएन् । केही दिनअघि गुरुङले आफ्नो प्रोफाइलमा मेरो संसार भन्दै लिम्बुसँगको फोटो सेयर गरेपछि विवाह गरेको विषय बाहिर आएको थियो ।
पूर्व यूवा तथा खेलकुदमन्त्री तथा मोरङ क्षेत्र नम्बर १ का सांसद लिम्बूकी श्रीमती गंगामायाको २०८० पुस २६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
डिगबहादुरका १ छोरी र १ छोरा छन् । संविधान सभा सदस्य उषाको श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । । उषा नेपाली कांग्रेसबाट २०६४ संविधानसभा सदस्य भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4