+
+
Shares

पोखरामा अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यमा पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की प्रहरीले पोखरामा अलपत्र परेका ५६४ यात्रुलाई स्कर्टिङ गरी गन्तव्यमा पठाएको छ।
  • यात्रुहरूलाई १७ वटा सवारीसाधनमार्फत काठमाडौं र चितवन पठाइएको प्रहरीले जनाएको छ।

१९ जेठ, काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ ।

पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो ।

बस्नेतका साथै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पठाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारीसाधन काठमाडौं र ३ वटा चितवन गरी १७ वटा सवारीमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?