+

हङकङ र लाओसविरुद्ध खेल्ने फुटबल टोलीको बिदाइ

२०८२ जेठ  १९ गते १४:५० २०८२ जेठ १९ गते १४:५०
हङकङ र लाओसविरुद्ध खेल्ने फुटबल टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल टोलीलाई हङकङ र लाओसविरुद्ध खेल्न बिदाइ गरिएको छ।
  • मन्त्री तेजुलाल चौधरीले टोलीलाई शुभकामना दिए।
  • टीमले जुन ५ र १० मा क्रमशः हङकङ र लाओससँग खेल्नेछ।

१९ जेठ, काठमाडौं । हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले बिदाइ गरे ।

नेपालले यही जुन ५ तारिख हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा एएफसी एसियन कप छनोटमा लाओससँग प्रतिस्पर्धा गर्नेछ ।

खेलकुदमन्त्री चाैधरीले राष्ट्रको प्रतिनिधित्व गरेर जाने टिमलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।

एसियन कप छनोटमा अन्तर्राष्ट्रिय एक्सपोजर लिनका लागि हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।

हङकङ र लाओस विरुद्धका खेलको लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबारै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । जसमा कुशल देउवा र सृजनराज गाैतम दुई नयाँ अनुहार छन्।

नेपाली टोली
गोलकिपर: विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ
डिफेण्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
मिडफिल्डर : एरिक विष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सृजन राज, सुमित श्रेष्ठ
फरवार्ड : अन्जन विष्ट, जिलेस्पीजंग कार्की, सुवास बम ठकुरी

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय