+
+
Shares

संसद अवरोध जारी राख्ने विपक्षी दलको तयारी

विपक्षी दलहरूले संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे प्रश्न उठाउँदै उनीहरुले राजीनामा मागिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूले संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।
  • उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गरेका छन्।
  • मन्त्री लेखकको राजीनामा नभएसम्म अवरोध जारी राख्ने उनीहरुको अडान छ ।

२० जेठ, काठमाडौं । विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् ।

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो । बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची छ ।

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरुले राखेका छन् । छानबिनलाई सघाउन मन्त्री लेखकले राजीनामा दिनुपर्ने माग समेत उनीहरुको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने बताए । बजेट भाषणको भोलिपल्ट अर्थात् जेठ १६ गते बसेको माओवादी केन्द्रको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदमा अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

यसैगरी जेठ १९ गते बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानविन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि उनले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?