+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गंगानारायणसँग माओवादीमा आएका को-को बने केन्द्रीय सदस्य ?

१४ जना केन्द्रीय सदस्य र २ जना वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ८:५१

२० जेठ, काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)बाट फुटेर माओवादीमा समाहित भएका थप १४ जना केन्द्रीय सदस्य बनेका छन् ।

गंगानारायण श्रेष्ठको नेतृत्वमा माओवादीमा आएका १६ जना केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

गत शुक्रबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गंगालाई सचिव र अन्य १५ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । अरु २० जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको थियो ।

पदाधिकारी बैठकको निर्णय अनुसार १४ जनालाई केन्द्रीय सदस्य र २ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । अन्य वैकल्पिक केन्द्रीय सदस्यहरुको बारेमा पनि छिट्टै निर्णय हुने सचिव श्रेष्ठले बताएका छन् ।

गंगानारायणको नेतृत्वको टोली यही जेठ १२ गते माओवादीमा समाहित भएको थियो । उनलाई त्यसबेलै सचिव पद दिइएको थियो । उनी १० वर्षपछि माओवादी फर्किएका थिए ।

यी हुन् मनोनीत केन्द्रीय सदस्यहरू –

१) बन्दना सुवेदी  (सिन्धुली)

२) सुरद बहादुर स्याङ्तान (सिन्धुली)

३) अक्कल बहादुर थिङ (काभ्रे)

४) राजेन्द्र कुमार किराती (संखुवासभा)

५) खुम्बराज खत्री (उदयपुर)

६) दुर्गादेवी न्यौपाने भट्टराई (गोरखा)

७) ज्ञानेन्द्र कुमाल (गोरखा)

८) रमेश पोखरेल (गोरखा)

९) शिव सुन्दर शाही (अछाम)

१०) रामकैलाश यादव (सर्लाही)

११) वेदप्रसाद आचार्य (बाँके)

१२) नरेन्द्रनाथ योगी (जुम्ला)

१३) महेन्द्र बहादुर शाही (बाजुरा)

१४) सोविन थिङ (मकवानपुर)

१५) होम कुमारी दोङ (काभ्रे) वैकल्पिक केन्द्रीय सदस्य

१६) नहेन्द्र प्रधान (दोलखा) वैकल्पिक केन्द्रीय सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?