
News Summary
Generated by OK AI. Editorially reviewed.- पल शाहले निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा’को शीर्ष भूमिकामा अनुबन्धित भए।
- शाहले स्क्रिप्ट मन परेर र छायांकन चाँडै गर्न आग्रह गरे।
- फिल्मको प्रदर्शन १५ फागुनदेखि सुरु हुने जानकारी दिइएको छ।
काठमाडौँ । चन्द्र पन्तले निर्देशन गर्ने फिल्म ‘आ बाट आमा’को शीर्ष भूमिकामा पल शाह अनुबन्धित भएका छन् । स्क्रिप्ट मन परेर आफू फिल्मसँग जोडिएको शाहले बताएका छन् ।
साइन् गरिसकेपछि फिल्म छायांकन चाँडै गर्नका लागि निर्देशक पन्तलाई आग्रह गरेको उनको भनाइ छ ।
उनले भने, ‘यो फिल्मको स्क्रिप्ट एकदमै इमोसनल छ । अनि दिग्गज कलाकारको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ । त्यसैले पनि काम गर्न लागेको हो’ उनले भने ।
निर्देशक पन्तको अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’ हेर्दा आफूलाई मन परेको समेत शाहले बताए । ‘त्यो फिल्म हेर्दाखेरि उहाँले अति राम्रो मेकिङ गर्नु भएको थियो । त्यसकारण यो फिल्मको मेकिङको हिसाबले राम्रो बन्नेछ’ उनले भने ।
‘यो फिल्मको स्क्रिप्ट पनि हामीले २/३ पटक सुन्यौँ । यो सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौँ’ उनले भने, ‘मैले अहिलेसम्म गरेको फिल्ममध्ये यो नै इमोसनल फिल्म बन्छ भन्ने मलाई लाग्छ ।’
यसअघि यो फिल्ममा आमाको भूमिकामा विपना थापा अनुबन्धित भैसकेकी छन् । थापालाई ‘ह्रस्वदीर्घ’बाट निर्देशक पन्तले १६ वर्षपछि फिल्ममा फर्काएका थिए ।
यो फिल्मको प्रदर्शन १५ फागुनदेखि सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया 4