+
+
Shares

सरकारले संविधान संशोधनको मुख्य वाचा बिर्सियो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:००
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापाले कांग्रेस-एमाले सरकारले संविधान संशोधनको वाचा बिर्सिएको बताए।
  • उनले संविधान संशोधनका लागि तत्काल कार्य प्रारम्भ गर्नुपर्ने बताए।
  • थापाले वर्तमान व्यवस्थामा सुधार गर्न र नयाँ बाटो खोज्नुपर्ने आवश्यक रहेको बताए।

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्ने वाचा कांग्रेस-एमाले गठबन्धन सरकारले भुलेको बताएका छन् ।

कांग्रेस र एमाले सरकार चलाउन मस्त हुँदा संविधान संशोधनको मुख्य वाचा नै बिर्सिएको उनको भनाइ छ ।

बाँके क्षेत्र नम्बर–२ को सम्मेलनलाई मंगलबार सम्बोधन गर्ने क्रममा थापाले संविधान संशोधनका लागि तत्काल कार्य प्रारम्भ गर्नुपर्ने उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा रहेका कमजोरी सुधार्ने कांग्रेसले जिम्मा लिएर नागरिकलाई भन्न सक्नुपर्ने उनले बताए ।

‘कांग्रेसले नागरिकलाई भन्नुपर्दछ, बाटो खराब होइन । हामीले रोजेको नयाँ बाटो हो । बाटोमा चलिरहेका गाडीहरूमा समस्या छ,’ थापाले भने, ‘गाडीलाई चालकले ठीक तरिकाले चलाइरहेको छैन भने चालकलाई बदलिदिनु पर्दछ ।’

गाडीको चालक परिवर्तन गर्न नखोजेर बाटै नयाँ खोज्नुतिर लाग्न नहुने उनले बताए ।

यही व्यवस्थाभित्र नागरिकको अपेक्षा सम्बोधन गर्न सकिने भरोसा कांग्रेसले दिनसक्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?