+
+
Shares

दरमखोला हाइड्रोलाई आईपीओको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
  • कम्पनीले ३९ लाख ५० हजार सेयर सर्वसाधारणलाई निष्कासन गर्नेछ, जुन कुल सेयरको ३८.३३ प्रतिशत हो।
  • कम्पनीले १ सय अंकित मूल्यमा सेयर निष्कासन गर्दै, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रवन्धक रहेको छ।

२० जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।

कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न लागेको हो । जुन कुल सेयरको ३८.३३ प्रतिशत हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?