
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कटान खोलाको बगरमा प्रहरीले ११२० किलो गाँजा बरामद गर्यो।
- गाँजा भारत तस्करीको लागि गाडिएको थियो र घटनाको अनुसन्धान भइरहेको छ।
- बरामद गाँजा ३८ बोरा रहेको र भारतीय सीमा नजिकै भएको प्रहरीले जानकारी दिए।
२१ जेठ, विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।
भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो ।
बरामद गाँजा ११२० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4