+

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

२०८२ जेठ  २१ गते ११:०१ २०८२ जेठ २१ गते ११:०१
आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आज नेदरल्याण्ड्ससँग आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय खेल खेल्दैछ।
  • नेपालले पहिलो खेलमा स्कटल्याण्डमाथि जित हासिल गरेको थियो र सोही लय दोहोर्‍याउने लक्ष्य राखेको छ।
  • नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म ५ खेलमा २-३ को परिणाम छ र नेपालले २०१८ मा पहिलो पटक ओडिआई जितेको थियो।

२१ जेठ, काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो । नेपाल सोही लय दोहोर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ५ खेलमध्ये २ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ । पछिल्लोपटक कीर्तिपुरमा भएको २ खेलमा १-१ को नतिजा हुनुअघि जिम्बावेको हरारेमा सन् २०२३ मा भएको विश्वकप छनोटको खेलमा नेदरल्याण्ड्स विजयी भएको थियो ।

त्यसअघि नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग सन् २०१८ मा खेल्दा पहिलो खेल हारेपनि दोस्रो खेल जितेको थियो र ओडिआईमा पहिलो जित निकालेको थियो ।

लिग २ को अंकतालिकामा २० खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १३ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ ।

आईसीसी विश्वकप लिग २ नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय