 
																			२१ जेठ, काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति बनाउने तयारीमा जुटेको छ ।
पहिलो चरणको आन्दोलन उत्साहजनक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने तयारी गरेको छ ।
समितिका संयोजक नवराज सुवेदीले नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिए । सो बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने उनले बताए ।
उनका अनुसार सो बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधि सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4