+
+
WC Series
लुम्बिनी लायन्स 2025
23/1 (3.4)
VS
९८ बलमा ११० रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दर्शकमाझ ‘ऊनको स्विटर’ले मनायो ‘सक्सेस सेलिब्रेसन’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १२:३२

काठमाडौं । २०८२ सालको पहिलो व्यवसायिक सफल फिल्म ‘ऊनको स्विटर’ले सफलतामा खुसी साटेको छ । मंगलबार बेलुका चावहिलस्थित एक हलमा आयोजित समारोहमा निर्माताले दर्शकमाझ केक काटे ।

सो अवसरमा अभिनय कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदादेवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईं, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाँकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायत थिए ।

केकमा पोस्टर र गीतको झल्को दिने चित्र समेटिएको थियो । निर्देशक चौहानका अनुसार केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि होइन, बरु दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास हो ।

सो अवसरमा हलको अकुपेन्सी भरिभराउ थियो । निर्माताले फिल्मलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको थियो । निर्देशक चौहानले भने, ‘हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन, तर दर्शकलाई माया तिर्नुपर्ने हो । यही माया साट्न केक काट्यौँ ।’

यो फिल्म अहिले नेपालसहित अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशमा प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल यो फिल्मलाई फ्रान्सेली निर्देशक एरिक भ्यालीले ‘नेपाली समाज र संस्कृतिको संवेदनशील प्रस्तुति’ भन्दै प्रशंसा गरिसकेका छन् ।

मनीषा कोइरालादेखि बाबुराम भट्टराई, राजेशपायल राई, विजय लामा र नाजिर हुसेनसम्मले यसको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?