+
+
Shares

सिद्धार्थ बैंकका ग्राहकले विराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशत छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।
  • सम्झौताअनुसार बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन्।
  • सम्झौता डिजिटल कारोबार प्रवर्द्धन गर्न उद्देश्य राखिएको छ।

काठमाडौं । सिद्धार्थ बैंक र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले विराटनगरस्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?