+
+
Shares

हनी ट्रयाप आरोपमा पक्राउ गरेकी महिला ५० हजार धरौटीमा रिहा

ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारा गुरुङलाई ललितपुर जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
  • उनीलाई हनी ट्रयाप आरोपमा पक्राउ गरी मुद्दा दायर भएको थियो।
  • उनीले पीडितसँग लिभिङ टुगेदरमा रहेको र रकम असुली नगरेको दाबी गरेकी छिन्।

२१ जेठ, काठमाडौं । हनी ट्रयाप आरोपमा पक्राउ परेकी तारा गुरुङ ५० हजार धरौटीमा रिहा भएकी छिन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएकी हुन् ।

उनलाई २० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) को कसुरमा मुद्दा दायर भएको थियो ।

जसअनुसार ९२ लाख ४६ हजार २९० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो । करिब साढे ३ वर्षअघि दोहोरी साँझमा भेटिएका एक युवकलाई हनी ट्रयापमा पारेर रकम असुलेको आरोप उनीमाथि थियो ।

उनले भने पीडित भनिएका युवकसँग लिभिङ टुगेदरमा रहेको बताएकी थिइन् ।

र हनी ट्र्यापमा पारेर रकम असुली नगरेको दाबी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?