
News Summary
Generated by OK AI. Editorially reviewed.- संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रीय चलचित्र जाँच समितिमा संचारकर्मी कुवेर गिरी र फिल्मकर्मी भगवतीकुमारी मैनाली (भीमा) लाई नियुक्त गरे।
- गिरी चलचित्र पत्रकारितामा २० वर्षदेखि सक्रिय छन् र नेपाल टेलिभिजनका लागि कार्यक्रम निर्माण र निर्देशन गरेका छन्।
- मैनालीले कलाकार, लेखक र निर्देशकको रुपमा करिअर बिताएकी छन् र चलचित्र ‘खेल’ र टिभी सिरियल ‘सक्किगो नि’ मा काम गरेकी छन्।
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिको सदस्यमा संचारकर्मी कुवेर गिरी र फिल्मकर्मी भगवतीकुमारी मैनाली (भीमा) नियुक्त भएका छन् ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णयबाट बुधबार उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् ।
गिरी २ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । नेपाल टेलिभिजनका लागि आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पद्मा समेत आवेदन दिएकी थिइन् ।
उनको पछिल्लो फिल्मको रुपमा ‘खेल’ रिलिज भएको थियो । टिभी सिरियल ‘सक्किगो नि’मा उनी मैनाको रोलमा देखिइन् । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।
प्रतिक्रिया 4