+
+
Shares

शिक्षाले गृह मन्त्रालयलाई भन्यो– त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्नू

‘अनुशासनहीन र गैरकानूनी कार्यमा संलग्न जोसुकै भएपनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानूनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गरेकालाई कारबाही गर्न गृह प्रशासनलाई आग्रह गर्यो।
  • मन्त्रालयले दोषीलाई कानूनी कारबाही गर्न गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ।
  • गत १४ जेठमा विद्यार्थी नेताहरूले विश्वविद्यालयको कार्यालयमा तोडफोड र तालाबन्दी गरेका थिए।

२१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासनलाई आग्रह गरेको छ ।

‘त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा एक समूहबाट तोडफोड भएको तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शिक्षा मन्त्री रघुजी पन्तले दोषीलाई कारबाही गर्न गृह प्रशासनलाई अनुरोध गरेको मन्त्रालयले जनाएको छ । ‘अनुशासनहीन र गैरकानूनी कार्यमा संलग्न जोसुकै भएपनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानूनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले तोडफोडको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट माननीय मन्त्रीज्यूले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अध्ययन गरिरहनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत १४ जेठमा नेविसंघका विद्यार्थी नेताहरूले उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड र रेक्टर कार्यालयमा ताला लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?