+
+
Shares

छिमेकीको हत्या आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का ३२ वर्षीय अर्जुन गुरुङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का अर्जुन गुरुङलाई पक्राउ गरेको छ।
  • छिमेकी तेजेन्द्र लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२१ काठमाडौं । खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का ३२ वर्षीय अर्जुन गुरुङ छन् ।

उनले आफ्ना छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

२१ जेठ राति पौने १ बजे फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र तेजेन्द्रकी श्रीमती सरिता लिम्बुबीच सामान्य विवाद भएको थियो ।

फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुको साथ लगाई उनीहरूकै घर पठाएकोमा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरुङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ–९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?