+
+
Shares

कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते ७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय गोपाल योन्जनको मृत्यु भयो।
  • दुर्घटना बागमती नगरपालिका-११ मा बुधबार राति भएको हो र कन्टेनर चालक ओमबहादुर लो लामालाई नियन्त्रणमा लिइएको छ।
  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

२२ जेठ, काठमाडौं । सर्लाहीमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

‍बागमती नगरपालिका-११ बागमती पुलस्थित पूर्व-पश्चिम राजमार्गमा बुधबार राति साढे ९ बजेतिर दुर्घटना हुँदा २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ३-०३-००१ ख ००७० नं.को कन्टेनर डब्बा गाडीले विपरीत दिशातर्फबाट  जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७  नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका योन्जनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो ।

प्रहरीले कन्टेनर चालक ३८ वर्षीय ओमबहादुर लो लामालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?