
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसदको अवरोधबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
- माओवादीले विपक्षी दलहरू र सत्तापक्षसँग छलफल गरी संसदको गतिरोध अन्त्य गर्न प्रयास गर्ने जनाएको छ।
- प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने र विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेका छन्।
२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसदको अवरोधबारे विपक्षी दलहरूसँग छलफल गर्दैछ ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार आजै विपक्षी दलहरूसँग छलफल हुनेछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस भन्दा अगाडि माओवादीले विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीसँग छलफल गर्न लागेको हो ।
प्रतिनिधि सभामा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर आवरोध गर्दै आएका छन् । यसमा सरकार र सत्तापक्ष तयार भएको छैन ।
माओवादीले सत्तापक्षसँग समेत छलफल गरेर संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय पनि गरेको छ ।
बिहीबार बिहान माओवादीको पदाधिकारी बैठकले बसेको थियो । उक्त बैठकले यस्तो निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4