News Summary
Generated by OK AI. Editorially reviewed.- रॉयल च्यालेन्जर्स बेंगलुरुले ज्यान गुमाएका ११ जनाका परिवारलाई १० लाख भारु आर्थिक सहयोग दिने घोषणा गरेको छ।
- क्लबले ‘आरसिबी केयर्स’ नामक राहत कोष स्थापना गर्ने र घाइतेहरूको उपचारमा सहयोग पुर्याउने बताएको छ।
- घटना आईपीएल विजय उत्सव मनाउने क्रममा भागदौड मच्चिँदा भएको हो र अनुसन्धान जारी छ।
२२ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले बुधबार भएको दुखद घटनामा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही १० लाख भारु आर्थिक सहयोग दिने घोषणा गरेको छ।
आफ्ना समर्थकप्रतिको समर्पण र सहानुभूति देखाउँदै क्लबले घटनामा घाइते भएका समर्थकहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘आरसिबी केयर्स’ नामक राहत कोष पनि स्थापना गर्ने भएको छ।
आरसिबीले मंगलबार जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘यो दुर्भाग्यपूर्ण घटनाले आरसिबी परिवारलाई गहिरो पीडा दिएको छ। हामी पीडित परिवारहरूसँग ऐक्यबद्धता जनाउँदै यो सहयोगको घोषणा गर्छौं।’
१८ वर्षपछि आईपीएलको उपाधि जितेको बेंगलुरुको विजय उत्सव मनाउने क्रममा भागदौड मच्चिँदा समर्थकहरूको ज्यान गएको थियो भने थुप्रै घाइते पनि भएका छन् ।
स्थानीय प्रशासन र प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया 4