+
+
Shares

गलत गर्ने सबैलाई कारबाही हुनुपर्छ : कांग्रेस नेता भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस नेता डा. चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयमा भएका सबै गलत काममा कारबाही आवश्यक रहेको बताए।
  • उनले सत्ताको रापतापमा गलत काम गर्न हुने गरेको भन्दै सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
  • भण्डारीले सबै ठाउँमा राजनीति हुँदा समस्या पैदा भएको बताए।

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयको नाममा भएका सबै गलत काममा कारबाही हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले सबै गलत काममाथि कारबाही हुनुपर्ने बताएका हुन् ।

‘सत्ताको रापतापमा मुलुक र जनतालाई घाटना हुने काम गर्न हुँदैन भन्ने सबैले बुझ्नुपर्‍यो । अहिले माधव नेपाल पर्नुभयो । गल्ती त धेरैले गरेका छन्,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय हो भनेर मुलुक र जनतालाई घाटा हुने जे पनि काम गर्न पाइँदैन ।’

सत्ताको आडमा धेरैले गलत काम गरेको भन्दै उनले ती सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘कारबाही सबैलाई हुनुपर्छ । एउटालाई मात्र होइन,’ उनले थपे, ‘जेल पनि ठूलो बनाउनुपर्‍यो ।’

उनले योग्यभन्दा आफ्ना मान्छे खोज्ने प्रवृत्तिका कारण सबै क्षेत्र राजनीतिकरण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?