+
+
Shares

प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित

प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक २२ जेठ काठमाडौं स्थगित भयो।
  • प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरे।
  • विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको संलग्नता मुद्दामा राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका छन्।

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर अवरोध गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत १२ जेठदेखि बैठक अवरुद्ध पार्दैै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?