
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका प्रहरी कार्यालयले मकालु हिमालमा फहराइएको सन्देशमूलक ब्यानर ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्यो।
- ब्यानरमा ‘ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा लेखिएको थियो।
- दोलखाकी दाबुटी शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमाल आरोहण गरी ब्यानर फहराएकी थिइन्।
२२ जेठ, काठमाडौं । विश्वको पाँचौ अग्लो मकालु हिमालमा फहराइएको सन्देशमुलक ब्यानर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी टेकबहादुर तामाङले उक्त ब्यानर बिहीबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
‘ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानरसहित दोलखाकी दाबुटी शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गर्दै री शिखरमा फहराएकी थिइन् ।
मकालु हिमाल आरोही शेर्पाले उक्त ब्यानर एआईजी तामाङलाई हस्तान्तरण गरेकी थिइन् । एआईजी तामाङले उक्त ब्यानर ट्राफिकलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया 4