+

दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट

२०८२ जेठ  २३ गते ७:४२ २०८२ जेठ २३ गते ७:४२
दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाले ११औं पटक फिफा विश्वकपमा स्थान बनाएको छ।
  • कोरियाले इराकलाई २-० ले पराजित गरी समूह बी मा शीर्ष स्थान हासिल गर्यो।
  • सन् १९८६ यता कोरिया लगातार विश्वकपमा छनोट हुँदै आएको छ।

२३ जेठ, काठमाडौं । एसियाली राष्ट्र दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट भएको छ ।

एसियाली तेस्रो चरणको छनोटमा गएराती इराकलाई २-० ले पराजित गरेपछि दषिण कोरियाले अर्को वर्ष उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

कोरियाको जितमा किम जिन ग्युले ६३औं र ओए हाएन ग्युले ८२औ मिनेटमा गोल गरे । जितपछि समूह बी मा रहेको कोरियाले ९ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा छ । कोरियाले कुवेतसँग अन्तिम खेल खेल्न बाँकी छ र उक्त खेल हारेपनि कोरिया शीर्ष दुईमा रहने पक्का छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटमा १८ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइएको छ । जसमा हरेक समूहको शीर्ष दुईमा रहने टोलीले २०२६ को फिफा विश्वकपमा छनोट हुनेछन् ।

सन् १९८६ यता कोरिया लगातार विश्वकपमा छनोट भएको छ ।

दक्षिण कोरिया फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय