+
+
Shares

गैरआवासीय नेपाली नागरिकता विधेयकको मस्यौदा तयार

सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १२:४९
Photo Credit : रासस
राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठक ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ।
  • गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागरिकता दिइनेछ।
  • विभिन्न मन्त्रालयको रायसहित विधेयक चाँडै क्याबिनेटको सहमति पछि सदनमा ल्याउने तयारी भइरहेको छ।

२३ जेठ, काठमाडौं । सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन् ।

उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै ऐन बनाउन लागिएको हो ।

उनल भनेका छन्, ‘गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको जुन संविधानको भावना छ, त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ ।’

विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि अगाडि बढेको उलेख गर्दै गृहमन्त्री लेखकले थपेका छन्, ‘त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ ।’

मन्त्री लेखकका अनुसार गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?