+
+
Shares

जनकपुरमा प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन

बिहीवार जनकपुरधाममा आयोजित सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसपटक युवा तथा खेलकुद मन्त्रालयको बजेट गत वर्षको भन्दा दोब्बर भएकाले युवाका पक्षमा अधिकतम् काम गर्ने सकिने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय युवा परिषदले जनकपुरधाममा युवा उद्यमशीलता सम्मेलन सम्पन्न गर्यो।
  • मन्त्रीहरूले बजेट दोब्बर भएको र युवाका लागि कार्यक्रम ल्याउने बताए।
  • सम्मेलनले युवालाई सिप विकास, स्टार्टअप र वित्तीय पहुँचमा छलफल गर्यो।

२३ जेठ, जनकपुरधाम । राष्ट्रिय युवा परिषदले मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन सम्पन्न भएको छ । परिषदले ‘युवाका लागि अबको निकास, उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मुल नारासहित प्रदेशस्तरीय उद्यमशीलता सम्मेलन गरिरहेको छ ।

बिहीवार जनकपुरधाममा आयोजित सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसपटक युवा तथा खेलकुद मन्त्रालयको बजेट गत वर्षको भन्दा दोब्बर भएकाले युवाका पक्षमा अधिकतम् काम गर्ने सकिने बताए । ‘युवासँग युवा मन्त्री’ अन्तरसंवादमा मन्त्री चौधरीले आफू स्वयं कठोर मिहिनेत र अविराम संघर्षबाट सफल उद्यमी बन्न सकेको उदाहरण पेश गरेका थिए ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले मधेश प्रदेशमा युवाहरुको उद्यमशीलता र स्टार्टअपको कार्यक्रम ल्याउन लागेको बताए । मन्त्री जैसवालले मधेसमा युवा सशक्तीकरणका लागि प्रदेश युवा परिषद गठनबारे छलफल भइरहेको जानकारी दिए । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले प्रदेश सरकारको नीति तथा कार्यक्रममा युवा उद्यमशीलता र रोजगारीलाई उच्च प्राथमिकता दिइने बताए ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारबाट सञ्चालित युवा लक्षित नीति, योजना र कार्यक्रमबारे युवाहरुलाई जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताए । बस्नेतले सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका लागि युवाहरुलाई स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिवृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गरिएको बताए ।

सम्मेलनको अर्को सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले युवाको जनसांखिक लाभको भरपुर सदुपयोग गर्दै उद्यमशीलता प्रवद्र्धनमा तिनै तहका सरकारको मुख्य जोड हुनुपर्ने बताए । सम्मेलनमा मधेश प्रदेशका सांसद रहवर अन्सारीले उद्यमशीलतालाई जीवन प्रद्धतिको रुपमा सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे ।

मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहनकुमार साहले मधेशका युवाहरुलाई सिप विकास र उद्यमशीलता प्रवद्र्धनको माध्यमबाट आत्मनिर्भर वनाउन लागिरहेको बताए । साहले मधेशमा वेरोजगारी र युवा पलायनको समस्या डरलाग्दो रहेको बताए ।

मधेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले युवाहरुलाई स्वदेशमै आशा जगाउन उद्यममैत्री नीति, योजना र कार्यक्रम निर्माणमा जोड दिए । राष्ट्रिय वाणिज्य बैंकका मुख्य प्रबन्धक रिसव भट्टराईले युवाहरुमा धैर्यताको कमी भएको बताउँदै उपयुक्त व्यवसायिक परियोजना लिएर आएमा सहुलियत कर्जाका लागि बैंकहरु तयार रहेको बताए ।

सम्मेलनमा नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले स्काउटिङ् शिक्षा मार्फत् देशभरका स्काउट युवाहरुलाई उद्यम संस्कृतितर्फ अभिप्रेरित गरिने बताए । युवा मामिला हेर्ने मधेश प्रदेश योजना आयोगकी सदस्य ललिताकुमारी यादवले मधेशमा महिला युवाहरुको सशक्तीकरणमा प्राथमिकतापूर्वक ध्यानदिनुपर्ने बताइन् ।

परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमशीलता र सशक्तीकरणका लागि परिषदले यथासक्य सबै प्रदेशमा सम्मेलन आयोजना गर्ने बताए । उनले कोशी प्रदेशमा गत जेठ २० गते नै सम्मेलन सम्पन्न भइसकेको र आगामी जेठ २७ गते गण्डकीमा आयोजना हुने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?