+

चुनाैती स्वीकार गरेर आएको छु, जिम्मेवारी बढेको छ : प्याट्रिक डि वाइल्ड

२०८२ जेठ  २३ गते १५:५३ २०८२ जेठ २३ गते १५:५३
चुनाैती स्वीकार गरेर आएको छु, जिम्मेवारी बढेको छ : प्याट्रिक डि वाइल्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले आफू चुनौतिलाई स्वीकार गरी आएको बताएका छन्।
  • एन्फाले महिला एसियन कपलाई मध्यनजर गरी उनलाई अनुबन्ध गरेको जनाएको छ।
  • प्रशिक्षक छनोट समितिले अनुभव र अनुभवका आधारमा प्याट्रिकलाई छनोट गरेको जानकारी दियो।

२३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले आफू चुना‌ती स्वीकार गरेर नेपाल आएको बताएका छन् । शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रममा वाईल्डले यसो बताएका हुन् ।

उनको सम्झाैता एक वर्षको रहेको एन्फा प्रवक्ता सुरेश शाहले बताए । ‘हामीले एक वर्षको सम्झाैता गरेका छौं र त्यो हिजोदेखि लागू भएको छ’ उनले भने ।

एन्फाले महिला एसियन कपलाई मध्यनजर गर्दै प्याट्रिकलाई अनुबन्ध गरेको हो । ‘यो ठूलो प्रतियोगिता हो र ठूलो चुनौती पनि छ’ प्याट्रिकले भने ।

राष्ट्रिय टिमको प्रशिक्षक बनेपछि जिम्मेवारी बढेको उनले बताए । ‘राष्ट्रिय टिमको प्रशिक्षक बनेपछि अहिले जिम्मेवारी बढेको छ’ उनले भने ।

महिला एसियन कप छनोटको लागि अब ३ साताको समय बाँकी रहेकोले अब भोलिदेखि नै त्यसमा केन्द्रित भएर काम गर्ने प्याट्रिकले बताए ।

उनले उज्वेकिस्तानलाई हराउनु चुनाैती भएको बताउँदै त्योभन्दा अघि लाओस र श्रीलंकालाई हराउन जरुरी भएको बताए ।

प्रशिक्षक छनोट समितिका संयोजक हरि खड्काले प्याट्रिकको सिभी र उनको अनुभवका आधारमा छनोट गरिएको जनाए । ‘उहाँको ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर टेक्निटल टिमबाट छलफल गरी छनोट गरिएको हो’ उनले भने, ‘आर्थिक पाटो पनि हेर्नुपर्छ, कति तिर्दा ठीक हुन्छ भनेर, त्यसकारण सबै आधारहरू हेरी उहाँलाई नियुक्त गरिएको हो।’

त्यस्तै खड्काले २१ जनाको आवेदन परेको बताए । ‘२१ जनाको आवेदन परेको थियो, त्यहाँबाट शर्टलिस्ट गरेर १० जना, ५ जना हुँदै २ जनासम्म घटाएर भर्चुअल इन्टरभ्युपछि उहाँलाई छानिएको हो’ उनले भने ।

प्याट्रिक डे वाइल्ड
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय