+
+
Shares

रोकिएन हाँसो, लयमा फर्किएको हो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले नयाँ सिजनमा दर्शकको अपेक्षा पूरा गर्न चुनौती सामना गरेको छ।
  • पछिल्लो एपिसोडमा कलाकारहरूले नेता र संचारकर्मीको भूमिका निभाउँदै मनोरञ्जन प्रदान गरे।
  • अधिकांश दर्शकले यस एपिसोडलाई सिजनकै उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।

काठमाडौं । नयाँ संरचना र सिजनसहित फर्किएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’बाट दर्शकको आशा थियो- अझै हाँस्न सकिने कन्टेन्ट आओस् ! निर्मातासामु दर्शकको यो अपेक्षालाई पुरा गर्नुपर्ने चुनौति पनि थियो ।

किनभने, हँसाउनु संसारको सबैभन्दा कठिन काममध्ये एक हो । विशाल भण्डारी निर्देशित यो टिभी शोले सिजनको सुरुवातमा यी चुनौति भोग्दै थियो । पछिल्ला सिजन हेर्दा यस्तो लाग्छ, ‘कमेडी नाइट विथ च्याम्पियन्स’ यी कठिनाइ छिचोल्दै अघि बढेकोजस्तो देखिन्छ ।

अर्थात, कमेडीको लयमा फर्किएजस्तो ।

पछिल्लो मंगलबार प्रसारित एपिसोड निकै रोमाञ्चक रह्यो । कमेडियनहरूको प्रस्तुति एकपछि अर्को गरि दमदार देखियो । उनीहरू नेता र संचारकर्मी बनेर एकातिर अतिथिको रोस्ट गर्दै थिए भने अर्कोतिर दर्शकलाई हँसाउँदै थिए ।

यो एपिसोडले समग्रमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । कलाकार भट्टराईले सञ्चारकर्मी प्रकाश सुवेदीको मिमिक्री प्रस्तुत गरे । स्वयम गेस्ट बनेका सुवेदी पनि रोमाञ्चक देखिए । सुवेदीको शैली र प्रवृत्तिलाई कटाक्ष गर्दै भट्टराईले रोस्ट पस्किए ।

सुमन कार्कीले सञ्चारकर्मी ऋषि धमलाको मिमिक्री गरे । उनको यो प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दियो । संचारकर्मी जगदिश खरेललाई सुमनले धमला पात्रमार्फत ब्यंग्य कसे । कतिपय दर्शकले एपिसोडलाई सिजनकै उत्कृष्ट भन्दै प्रशंसा गरेका छन् ।

सञ्चारकर्मी खरेलले आफ्ना अनुभवहरु रोमाञ्चक तरिकाले प्रस्तुत गर्दा कार्यक्रम थप रोमान्चक बन्यो । अर्को प्रस्तुतिमा भरतमणी पौड्यालले बाबुराम भट्टराई र सुमन कोइरालाले प्रचण्डको शैलीमा प्रस्तुति दिए । यो संवादमार्फत उनीहरूले दुई नेताबीच अन्तरविरोधले भरिएको सम्बन्धलाई आकर्षक ढंगले प्रस्तुत गरे ।

कैलाश थापाले किसान, सजन श्रेष्ठले ट्याक्सी चालक र प्रभात लामाले तस्कर बनेर कार्यक्रमलाई रोमाञ्चक मोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?