
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले प्रतिपक्ष नेतामाथि आक्रमण गरेको आरोप लगाएका छन्।
- उनले सत्ता दुरुपयोग र बदला लिने प्रयासको आरोप लगाए।
- गुरुङले मुद्दालाई अदालतभन्दा मेलमिलाप आयोगबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।
२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको उनको दाबी छ ।
सरकारले सत्तापक्षीय नेताहरुमाथि प्रश्न उठ्दा भने सरकारले संरक्षण दिएको बताएका छन् । शुक्रबार संवाद डबलीलले काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा उनले भने, ‘माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्धा दायर गरिनु, रास्वपा सभापति रवि लामीछानेमाथि कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउने, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदलाभाव हो ।’
महासचिव गुरुङले पार्टीका उपाध्यक्ष अग्नी सापकोटा र नेता सूर्यमान दोङलगायतमाथि लगाइएको मुद्दालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सुल्झाउनुपर्ने धारणा राखे ।
पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको बताउँदै उनले भने, ‘अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि कारबाही गरिपाउँ भनि अदालतमा जानु विस्तृत शान्ति साम्झौता र टिआरसी विरुद्धको विषय भयो ।’
प्रतिक्रिया 4