
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले २०८२/०८३ को नीति तथा कार्यक्रममा रोजगार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ।
- नीतिमा 'हर हातमा सीप, हर घरमा रोजगार' अभियान र कृषि उत्पादन वृद्धि गरी निर्यातमा जोड दिने लक्ष्य राखिएको छ।
- बाल श्रम अन्त्य र बाल अधिकार सुनिश्चित गर्न 'बाल श्रममुक्त मधेश' अभियान सञ्चालन गरिनेछ।
२३ जेठ, जनकपुरधाम । रोजगार कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभामा प्रस्तुत गरेकी छिन्।
नीति तथा कार्यक्रममा प्राय नारा दिइएर कार्यक्रमहरु सरकारले ल्याएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ अभियानलाई आत्मसात गर्दै पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाउने नीति सरकारले लिएको छ।
कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन “मधेशले देशलाई खुवाउने अभियान लाई केन्द्रमा राखी “उत्पादन मधेशमा, विस्तार देशमा” कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषि जन्य आयात लाई न्यूनीकरण गरी निर्यातमा जोड दिने लक्ष्य राखेको छ ।
‘मधेशको शान, स्थानीय मखान’ नारालाई आत्मसात गर्दै मखान खेतीको विकास तथा विस्तार गरी प्रशोधन, प्याकेजिङ्ग, लेवलिङ्ग तथा ब्राण्डिङ्ग लगायतका कार्यहरुमा प्रोत्साहन गर्ने उल्लेख छ ।
यस्तै आँपको बगैंचा, मधेशको समृद्धि” नारालाई मुर्तरुप दिन वृहत आँपको क्षेत्र आठ वटै जिल्ला भरी विस्तार गरिने, सिंचाईमा आत्मनिर्भर बनाउन “खेत-खेतमा पानी, घर-घरमा खाद्यान्न सहित आम्दानी” नारा अघि सारेको छ।
“श्रमिकलाई सवारी, घर घरमा रोजगारी” मुल नाराका साथ रोजगार अभिवृद्धि कार्यक्रम सञ्चालनमा ल्याउने नीति लिएको छ ।
यस्तै बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न “बच्चाके स्कूल पठाउ, साक्षरता के दीप जलाउ” नारालाई आत्मसात गर्दै प्रदेश साक्षर अभियानका कार्यक्रमहरु अगाडि बढाउने उल्लेख छ ।
स्वस्थ समाजको लागि गुणस्तर शिक्षा” नीति अवलम्बन गर्दै स्वास्थ्य, शिक्षाका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने नीति सरकारको छ ।
पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश” नारालाई आत्मसात गरी मातृ शिशु स्वास्थ्य प्रवर्द्धन गर्ने “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” तथा “स्वस्थ नागरिक समृद्ध प्रदेश” अभियानलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने “उद्यमशील महिला, समृद्ध मधेश” नारालाई आत्मसात गर्दै महिलालाई उद्यमशीलता तिर उन्मुख गराउन प्राथमिकता दिइने उल्लेख छ ।
५.१३ खेलक्षेत्रलाई प्रवर्द्धन गर्दै खेलाडीको मनोबल बढाउन “खेली मधेश, जीती मधेश” नारालाई आत्मसात गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
“चुरे जोगाउ, मधेश बचाउ”, “मुख्यमन्त्री हरियाली प्रवर्द्धन अभियान, “हरित शहर, स्वच्छ शहर” नाराहरुलाई आत्मसात गर्दै थप प्रभावकारिताका साथ अगाडि बढाईनेछ ।
मधेश प्रदेशमा बाल श्रमको अन्त्य तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न, प्रदेशभरिका १३६ वटै स्थानीय तहसँग समन्वय गरी “बाल श्रममुक्त मधेश” अभियान सञ्चालन गरिने लगायतको नीति तथा कार्यक्रम सरकारले ल्याएको छ ।
हेर्नुहोस् मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम :
प्रतिक्रिया 4