+
+
Shares

देशलाई समृद्धिको बाटोमा लैजाने निस्वार्थ नेताको रुपमा जनताले रविलाई हेरेका छन् : गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतमले रवि लामिछानेलाई समृद्धिको बाटोमा लैजाने नेताको रुपमा देखिन्।
  • उनीहरूले सत्ताको स्वार्थ र प्रभावको गन्ध रहेको टिप्पणी गरे।
  • गौतमले भिजिट भिसा प्रकरणमा देशभरबाट संकलित ३/४ हजार प्रमाण प्रस्तुत गरे।

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेलाई नेपाली जनताले समृद्धिको बाटोमा लैजाने निस्वार्थ नेताको रुपमा हेरेको बताएकी छिन् ।

शनिबार सुनसरीको बराहक्षेत्रमा आयोजित वृहत खुला भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

सभापति लामिछानेमाथि लागेको मुद्दामा सत्ताको स्वार्थ र प्रभावको गन्ध आइरहेको टिप्पणी गरिन् । कानुनले गर्ने कामलाई स्वतन्त्र रुपमा छाड्नुपर्ने उल्लेख गर्दै उनले जनताको अदालतमा भने रवि लामिछानेलाई फरक ढंगबाट हेरेको बताइन् ।

‘रवि लामिछानेमाथि लागेको मुद्दा कानुनी तरिकाले हेरिन्छ थाहा छैन । यहाँ सत्ताको पनि स्वार्थको गन्ध आइरहेको छ । सत्ताको पनि कता कता प्रभावको गन्ध आएको छ । कानुनले गर्ने काम कानुनले गर्दै आओस्,’ सांसद गौतमले भनिन्, ‘तर, जनताको अदालतमा देशलाई मुक्तिको बाटोमा र सधैंभरी नेपाली जनतालाई समृद्धिको बाटोमा लैजाने रुपमा नेपाली जनताको रुपमा हेरेको छ ।’

उनले शनिबार बराहक्षेत्रमा देखिएको उल्लेख्य सहभागिता र पार्टीलाई दिएको सन्देश लामिछानेलाई गएर सुनाउने पनि बताइन् ।

‘एउटा रवि लामिछानेको मुख थुन्न प्रयास भए पनि लाखौं रवि लामिछाने देशबाट उठेर आइसक्नुभएको छ,’ उनले भनिन्, ‘रवि लामिछानेलाई खाल्डोमा हाल्छु भनेर जुन खनेका थिए, आज त्यही खाल्डोमा तिनिहरू सबै आफूले गरेका कतुर्तमा पर्नेछन् ।’

उनले भिजिट भिसा प्रकरणमा आफूहरूले देशभरबाट ३/४ हजार प्रमाण संकलन गरेको पनि बताइन् ।

‘हामीले मगाएका छौं, तपाईंहरू कसरी ठगिनुभएको छ । दिनुस्, प्रमाण दिनुस् । हामीले के गर्न सक्छौं गर्छौं,’ उनले भनिन्, ‘हामीले ३ ४ हजार प्रमाणसहित गुनासा आएका छन् । यसले थाहा पाउन सकिन्छ, देशभर कति धेरै मान्छेहरू ठगिनुभएको रहेछ भनेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?