+
+
Shares

एमाले निकट अनेरास्ववियुको महाधिवेशन आज, सर्वसम्मत नेतृत्व चुन्ने प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ।
  • महाधिवेशनले संगठनको नीति तय गर्न र नयाँ नेतृत्व चयन गर्नुपर्नेछ, जसमा ३२ वर्षे उमेर हद लागू हुनेछ।
  • उमेर हद लागू भएपछि अध्यक्ष पदका दाबेदार १५ जना प्रतिस्पर्धाबाट अलग हुने र सचिव तहमा नयाँ नेतृत्व आउने सम्भावना छ।

२५ जेठ, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्ने छन् ।

महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ ।

उमेर हद लागू हुने भएपछि नेतृत्वको दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग हुनेछन् भने नेतृत्व गर्ने अवसर सचिव तहमा आउने छ ।

११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै अध्यक्षका दाबेदार महासचिव नरेश रोकाया, उपाध्यक्षहरु  नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी लगायत प्रतिस्पर्धाबाट अलग हुनेछन् ।

यससँगै सचिव पदमा रहेकाहरु दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेल लगायत दाबेदार छन् । उनीहरु सबैले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भनेर प्रचार गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले दाबेदारको संख्या घटाउन र सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएकाले जनसंगठन समन्वय संयन्त्रले सहमतिको प्रयास जारी राखेको छ । तर आइतबार महाधिवेशन उदघाटनको दिनसम्म सहमति नजुटेको एक पदाधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?