+
+
Shares

लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण 

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भयो।
  • प्रा.डा. दयाराम श्रेष्ठ र प्रा.डा. गोविन्दराज भट्टराईले कृतिको महत्व र नयाँ कथाहरूको सङ्ग्रह भएको बताए।
  • समालोचकहरूले वियोगीले समाजका वर्गीय पीडा र यथार्थ सत्यलाई कथामा उजागर गरेको बताए।

काठमाडौँ । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो ।

प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक द्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत)बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन् ।

कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकोले कृतिको सङ्ख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएकको बताए । उनले यी कथाहरूले पाठकमा नयाँ छाप छोड्न सक्ने बताए ।

सोही क्रममा प्रा.डा. भट्टराईले नेपाली साहित्यमा एक प्रखर र उत्कृष्ट कथासङ्ग्रहको रूपमा सत्यम् आएको बताए । यसले साहित्यानुरागीबीच नयाँ छाप छोड्ने अपेक्षा रहेको पनि बताए ।

समाचोलक डा. थापाले पत्रकारिता पेसामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए ।

असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उद्घाटिन गर्नु कथाकृति सत्यम्‌को विशेषता रहेको उनको भनाइ थियो ।

पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्‌ले उठाएको उनले बताए ।

तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेसा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैंमा रोचक विषय भएको विवेचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?