+
+
Shares

राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी

‘जनआन्दोलन समितिको नेतृत्व अब युवाले गर्नेछन् । युवाहरुले बनाएको कार्यक्रम बुढाहरुले मान्नुपर्दछ । नमान्ने हो भने सल्लाहकारमा राखिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ११:२२
राजावादी नेता ८६ वर्षीय नवराज सुवेदी

२५ जेठ, काठमाडौं । राजसंस्था र हिन्दुराज्यको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई  पुनर्गठन गरिने भएको छ ।

नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने उक्त समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए । राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरु समेत सहभागी गराएर समितिलाई पुनर्गठन गरिने नेपालले अनलाइनखबरसँग बताए ।

‘कांग्रेस, एमाले, माओवादी, जनमुक्ति सेना, सीपी मैनालीहरु धेरै जनाले आउन चाहनु झएको छ । युवाले कार्यक्रम बनाएर त्रियाशील ढंगले आन्दोलन बढ्छ,’ नेपालले भने, ‘समितिको नेतृत्व अब युवाले गर्नेछन् । युवाहरुले बनाएको कार्यक्रम बुढाहरुले मान्नुपर्दछ । नमान्ने हो भने सल्लाहकारमा राखिन्छ ।’

गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए ।

थापा पक्षले बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश गराएको र सवालजवाफ हुँदा त्यहीकारण बैठक पनि बिथोलिएको आरोप कतिपय राजावादी नेताहरुले लगाएका छन् । नेपाल भन्छन्, ‘बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे । जनभावनालाई तुहाउन प्रयास गरे ।’

राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् ।

पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए । त्यसपछि कमल थापा र राजेन्द्र लिङ्देन लगायत पुराना राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए ।

उनीहरुले ४ चैतमा ८६ वर्षीय सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति घोषणा गरेका थिए । १५ चैतमा तीनकुनेमा गरेको पहिलो कार्यक्रम नै हिंसात्मक बनेको थियो । त्यसपछि मुलुकमा गणतन्त्र आएको दिन १५ जेठको छेको पारेर नै पुन: शान्तिपूर्ण आन्दोलन सुरु भएको थियो । तर अहिले त्यो आन्दोलन निष्कृय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?