News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आइतबार स्कटल्याण्डसँगको क्रिकेट खेलमा टस हारेर पहिले बलिङ गर्दै छ।
- नेपालले यसअघि नेदरल्याण्ड्सलाई हराएको टोलीलाई निरन्तरता दिएको छ।
- खेल डुनेडीमा पौने ४ बजे सुरु हुनेछ।
२५ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ।
डुनेडीमा पौने ४ देखि सुरु हुने खेलमा स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।
नेपालले यसअघि नेदरल्याण्ड्ससँग खेलेकै टोलीलाई निरन्तरता दिएको छ । यसअघि यस शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई हराएको थियो ।
त्यस्तै दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।
नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी
प्रतिक्रिया 4