+
+
Shares

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड लागुऔषध : गृहमन्त्री लेखक

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागूऔषध’ भएको उनको भनाइ छ । यसकारण यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने लेखकको आग्रह छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणमा सरकारको उच्च प्राथमिकता रहेको बताएका छन्।
  • उनले अवैध कारोबार र दुव्र्यसनको नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।

२५ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुव्र्यसनले अवस्था भयावह रहेको भन्दै उनले यसको नियन्त्रणका लागि सबै संगठित हुनुपर्नेमा जोड दिए ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागूऔषध’ भएको उनको भनाइ छ । यसकारण यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने लेखकको आग्रह छ ।

मन्त्री लेखकको सचिवालयका अनुसार उनले भनेका छन्, ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक छ ।’

गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको जानकारी दिए । उक्त दिवसलाई परिणाममुखी बनाउन सबैसँग आग्रह समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?