
News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङको गल्याङ घरभाका नुमाकान्त पाठक र सरिता पाठकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्यो।
- उनीहरूविरुद्ध बालकृष्ण पोखरेलले ठगी र आत्महत्याको कसुरमा जाहेरी दिएका थिए र अदालतले सजाय तोकेको थियो।
- दुवैलाई फैसला कार्यान्वयनका लागि कारागार पठाइनेछ।
२५ जेठ, काठमाडौं । ठगी र आत्महत्या दुरुत्साहन मुद्दाका दुई प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा स्याङजाको गल्याङ घर भएका ४८ वर्षीय नुमाकान्त पाठक र सोही ठाउँकी ३८ वर्षीया सरिता पाठक छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध बालकृष्ण पोखरेलले ठगी र आत्महत्याको कसुरमा जाहेरी दिएका थिए ।
काठमाडौं जिल्ला अदालतबाट १७ मंसिर २०८० मा उनीहरुविरुद्ध फैसला भएको थियो । जसमा नुमाकान्तलाई २ लाख ८० हजार बिगो, ३ हजार जरिवाना र ३ महिना कैद तोकिएको थियो ।
सरितालाई भने ६० हजार बिगो, १ हजार जरिवाना र १ महिना कैद सजाय तोकिएको थियो ।
पक्राउ परेका दुबै जनालाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार पठाइने छ ।
प्रतिक्रिया 4