+
+
Shares

ज्यान मार्ने कसुरका २ फरार अभियुक्त कीर्तिपुरबाट पक्राउ

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–१ बस्ने जाजरकोट कुसे गाउँपालिका–७ घर भएका २७ वर्षीय दिपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादी दिपेन्द्र सिंह र तप्त सिंहलाई काठमाडौं कीर्तिपुरबाट पक्राउ गर्यो।
  • उनीहरूलाई जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार थिए।
  • प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जाजरकोट पठाएको छ।

२६ जेठ, काठमाडौं । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–१ बस्ने जाजरकोट कुसे गाउँपालिका–७ घर भएका २७ वर्षीय दिपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेका छन् ।

जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?