+

पानी पिउन कुन बोतल प्रयोग गर्नु सबैभन्दा राम्रो ?

२०८२ जेठ  २७ गते ११:०० २०८२ जेठ २७ गते ११:००
Shares
पानी पिउन कुन बोतल प्रयोग गर्नु सबैभन्दा राम्रो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हामीले प्राय: पानी पिउने बोतलहरू प्लास्टिक, माटो, स्टेनलेस स्टील, काँच र तामाका विकल्पहरू छन्।
  • प्लास्टिक बोतलहरूमा हानिकारक रसायनहरू हुन सक्छन्, जसले स्वास्थ्य जोखिम बढाउँछन्, जबकि माटो र स्टील टिकाउ र सुरक्षित हुन्छन्।

गर्मी मौसममा सफा पानी पिउनु जत्तिकै महत्वपूर्ण छ, सही बोतलको छनौट । बजारमा हेर्दा आर्कषक देखिने अनेकौं बोतल पाइन्छ । तर, तीमध्ये धेरैजसो बोत्तल स्वास्थ्यको हिसाबले उचित मानिँदैन ।

कस्तो बोत्तलले कसरी स्वास्थ्यमा प्रभाव पार्छ ?

प्रायः मानिसहरूले यसको डिजाइन वा मूल्य हेरेर मात्र बोतल किन्छन् । जबकि सही बोतल छनौट गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । गर्मी मौसममा प्लास्टिक, माटो र धातुमध्ये कुन प्रकारको बोतल तपाईंको स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक छ त ?

प्लास्टिकको बोतल

प्लास्टिकका बोतलहरू हलुका र सस्तो हुन्छन् । त्यसैले धेरै मानिसहरूले तिनीहरूलाई प्रयोग गर्छन् । तर, यी बोतलहरूमा प्रायः बिस्फेनोल–एजस्ता रसायनहरू हुन्छन्, जुन पानीमा घुलनशील हुन सक्छन् । अझ, प्लास्टिकको बोतल घाममा राख्दा त यी रसायनहरू पानीसँगै हाम्रो शरीरमा प्रवेश गर्छन् ।

यी रसायनहरूले हार्मोनल असन्तुलन, पाचनसम्बन्धी समस्या र क्यान्सर जस्ता रोगहरूको जोखिम बढाउन सक्छन् । त्यसैले, विशेषगरी गर्मीमा प्लास्टिकका बोतलहरूबाट बच्नु उपयुक्त हुन्छ ।

माटोको बोत्तल

यदि घरमा पानी पिउनका लागि सही विकल्प छनौट गर्न चाहनुहुन्छ भने, माटोका बोतलहरू उत्तम हुनसक्छ । माटोका बोतलहरू परम्परागत पानी भण्डारण विधिको एक हिस्सा भएका छन् । यी बोतलहरूमा प्राकृतिक छिद्रहरू हुन्छन्, जसले स्वचालित रूपमा पानीलाई चिसो राख्छ । अनि पानीको विषाक्तलाई हटाएर सफा र शुद्ध बनाउँछ ।

माटोको क्षारीय प्रकृतिले पानीको पीएच सन्तुलन सुधार गर्छ, जसले पाचन प्रणालीलाई फाइदा पुर्‍याउँछ । पेट पोलेको छ भने पनि राहत प्रदान गर्छ ।

वातावरणका लागि पनि सुरक्षित

माटोको भाँडो वा बोतलमा राखिएको पानीले शरीरमा प्राकृतिक खनिजहरू पनि पुर्‍याउँछ । अर्को फाइदा भनेको माटो पूर्णरूपमा बायोडिग्रेडेबल हुन्छ, जसले यसलाई वातावरणका लागि पनि सुरक्षित बनाउँछ।

स्टेनलेस स्टील बोतल – टिकाउ र सुरक्षित

स्टेनलेस स्टील (खाद्य ग्रेड) बोतलहरू पनि एक उत्कृष्ट विकल्प हुन् । विशेषगरी यात्रा गर्दा वा कार्यालयमा पानी खानका लागि प्रयोग गर्न सकिन्छ । यी बोतलहरूमा हानिकारक रसायनहरू हुँदैनन् । यी बोतलहरू टिकाउ हुन्छन् र लामो समयसम्म पानीको तापक्रम नियन्त्रण गर्न सक्छन् ।

प्लास्टिकभन्दा धेरै राम्रो

धेरै इन्सुलेटेड स्टीलका बोतलहरूले घण्टौंसम्म पानीलाई चिसो राख्छन् । यसबाहेक, स्टेनलेस स्टीलका बोतलहरू बारम्बार धुन र प्रयोग गर्न सकिन्छ । प्लास्टिकभन्दा धेरै पर्यावरण–मैत्री विकल्प हुन् ।

घरको प्रयोगका लागि माटोका बोतलहरू सबैभन्दा प्राकृतिक, स्वस्थ र किफायती विकल्प हुन् । यात्रा गर्दा वा कार्यालयमा प्रयोगको लागि स्टेनलेस स्टीलका बोतलहरू सबैभन्दा सुरक्षित र सबैभन्दा टिकाउ हुन्छन् ।

प्लास्टिकका बोतलहरू स्वास्थ्य र वातावरण दुवैका लागि हानिकारक हुने भएकोले गर्मीमा मात्र होइन, सही बोतलमा पनि पानी पिउनु महत्त्वपूर्ण छ ।

काँचको बोतल

काँचको बोतल पनि बजारमा पाइन्छ । यी बोतल पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यी बोतल रसायनमुक्त, स्वादमा कुनै असर नपर्ने, पुनः प्रयोग गर्न सकिन्छ ।
तर, फुट्ने जोखिम हुन सक्ने हुँदा सावधानी अपनाउनुपर्छ ।

तामाको बोतल

आयुर्वेदअनुसार तामाले पानीलाई शुद्ध गर्छ । र, यो बोतल वातावरणमैत्री पनि मानिन्छ ।

प्लास्टिक बोतल
डा. अनाम प्याकुरेल
लेखक
डा. अनाम प्याकुरेल
जनरल प्राक्टिसनर

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६४ अध्ययन : एमबीबीएस हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत, बुवाकेयरका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय