
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आयकर ऐनको भावना विपरीत कर संकलन बढाउने कार्यलाई आलोचना गरेको छ।
- उनीहरूले कर व्यवस्था समयसापेक्ष व्याख्या र स्पष्ट उद्देश्य आवश्यक रहेको बताएका छन्।
- सरकारले राजस्व संकलनको नाममा आयकर ऐन बदनाम भएको र करदातालाई अन्याय हुन सक्ने तर्क राखिएको छ।
२६ जेठ, काठमाडौं । सरकारलाई राजस्व संकलन बढाउने दबाबमा आयकर ऐनको मर्म नबिगार्न चार्टर्ड एकाउन्टेन्टहरूले सुझाव दिएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आर्थिक विधेयक २०८२ उपरको छलफलमा सहभागी सरोकारवालाले यस्तो बताएका हुन ।
उनीहरूले आयकर ऐनको भावना विपरीत कर संकलन बढाउने नाममा सरकारले आफू अनुकूल व्याख्या गरेर कर उठाउँदा आर्थिक गतिविधिमा बाधा पुग्न सक्ने तर्क राखेका छन् ।
साथै, एकै प्रकृतिका छुटले कर अनुशासनमा बाधा पुग्न सक्ने र करदातालाई अन्याय हुन सक्ने सरोकारवालाको भनाइ छ ।
सरकाले राजस्व संकलन बढाउने नाममा आयकर ऐन बदनाम गरेको चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले बताए । धेरै अध्ययन तथा अनुसन्धान गरेर ल्याइएको आयकर ऐन राजस्व संकलन दबाबले बदनाम भइरहेको बताए ।
उनले आयकर ऐनका कतिपय व्यवस्था समय सापेक्ष बनाउने स्पष्ट व्याख्यासहित पुनर्लेखन गर्नुपर्ने बताए ।
एक्यान अध्यक्ष अरुण राउत, सीए उमेशराज पाण्डे, सीए इशा श्रेष्ठ र कर जानकार तथा अधिवक्ता अनुप उप्रेतीले कर छुटको उद्देश्य र लक्षित समूह स्पष्ट हुनुपर्नेमा जोड दिए ।
एक्यानले सरकारका हरेक आर्थिक विधेयकपछि कर कानुनका प्रयोग तथा सहजीकरण विषयमा छलफल गर्ने गरेको छ ।
प्रतिक्रिया 4