+
+
Shares

नरवीर नेपालीका हत्या आरोपी १४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्तबहादुर सार्कीलाई १४ वर्षपछि पाल्पाबाट पक्राउ गरिएको छ।
  • उनीले २०६८ साल कात्तिक ११ गते नरवीर नेपालीको हत्या गरेको आरोप छ।
  • प्रहरीले उनलाई भारतमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा पक्राउ गरेको हो।

२७ जेठ, पाल्पा । पाल्पामा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक चिदिपानी गाविस-७ (हाल माथागढी गाउँपालिका–१) दमर निवासी ५७ वर्षीय सन्तबहादुर सार्कीलाई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

सार्कीले २०६८ साल कात्तिक ११ गते राति सोही स्थानका १८ वर्षीय नरवीर नेपालीको हत्या गरेको आरोप छ ।

घटनापछि भारतमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो । प्रहरीका अनुसार उनी यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ परेका हुन् ।

भियुक्त सार्कीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लले जानकारी दिए ।

फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९ अनुसार ६ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?